काठमाडौँ — प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे प्रधानमन्त्रीसँग जानकारी लिने भएको छ । समितिले एनसेल प्रकरणमा के-के भएको हो ? त्यसबारे जानकारीसहित समितिमा उपस्थित हुन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्ने निर्णय गरेको हो ।
शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्री दाहाललाई बोलाउने निर्णय गरेको समितिका सभापति रामहरि खतिवडाले बताए ।
उनले प्रधानमन्त्रीसँग समय लिएर कार्यक्रमको मिति तय हुने बताए । उनका अनुसार समितिले शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र पठाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline