काठमाडौं । एनसेलको खरिद बिक्री प्रकरणमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्ने निष्कर्ष सत्ता गठबन्धन बैठकले निकालेको छ। मंगलबार बालुवाटारमा बसेको गठबन्धन र कर्मचारीसहितको बैठकले एनसेलका विषयमा गहिरोगरी छानबिन गरी कानुनअनुसार कारबाही गर्ने निष्कर्ष भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।
एनसेलको पछिल्लो गतिविधि शंकास्पद् रहेको निष्कर्षसमेत बैठकले निकालेको लेखको भनाइ छ। ुएनसेलको सम्बन्धनमा जुन सेयर खरिद बिक्रीका कुरा आएका छन्। ती अत्यन्त गम्भीर छ। जे पनि काम कुरा भएका छन्, त्यो नेपालको कानुनबमोजिम वा स्वीकृतिमा भएको पाइएको छैन। जति पनि गतविधि भएका छन्, ती सबै शंकास्पद् छन्। सरकारले तत्काल गहिरोगरी छानबिन र अध्ययन गर्नुपर्छ। राष्ट्र र देशको हितमा गर्नुपर्ने सबै काम गर्नुपर्छ,ु बैठकको निष्कर्ष सुनाउँदै लेखकले भने।
प्रधानमन्त्रीले यो विषयमा सरकारले गंभीरताका साथ छानविन गर्ने पनि निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीको सो भनाईप्रति दलका नेताहरुले सहमति जनाएका थिए ।