आफू बिरुद्ध पक्राउ पूर्जी जारी भएपछि विप्लवले न्यायधीशको पुत्ला जलाउने, तीन दिने आन्दोलनको घोषणा

आफू बिरुद्ध पक्राउ पूर्जी जारी भएपछि विप्लवले न्यायधीशको पुत्ला जलाउने, तीन दिने आन्दोलनको घोषणा

  • मङ्लबार, मंसिर १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

आफूसहितका नेताहरूविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी गरेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

२०७६ पुसको मुद्दा ब्यूँताएर अदालतले दुई दिनअघि महासचिव विप्लब , प्रवक्ता प्रकाण्ड र पोलिटब्युरो सदस्य माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेपछि आन्दोलन घोषणा गरिएको हो ।
विप्लवले अदालतको उक्त कार्य २०७७ फागुन २१ गते भएको ३ बुँदे सहमतिको ठाडो उल्लंघन भन्दै बाँकी समस्यालाई शान्तिपूर्ण निकास दिन भइरहेका गम्भीर पहलमाथिको हमला भन्दै तीन दिने आन्दोलन घोषणा गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतमा दर्ता भएको राज्यविरूद्धको कसुरमा उनीहरुविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भइसकेको छ।

विप्लवले अदालतको उक्त कदमविरुद्ध मंगलबार साँझ देशभर मसाल जुलुस निकाल्ने घोषणा गरेका छन्।

विप्लवले बुधबार दिउँसो ३ बजे काठमाडौं जिल्ला अदालतका न्यायाधीशको पुत्ला दहन पनि घोषणा गरेका छन्। त्यस्तै बिहीबार दिउँसो २ बजे देशव्यापी जनप्रदर्शन गरिने सो पार्टीले घोषणा गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ