नेकपा एसको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

नेकपा एसको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

  • मङ्लबार, मंसिर १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौँ, १९ मङ्सिर ः नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक आज पुनः सुरु भएको छ । सोमबारदेखि सुरु भएको उक्त पार्टीको बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आज पुनः बसेको हो ।

हिजोको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । सो पार्टीको महाधिवेशनको मिति नतोकिएकाले बैठक आज पुनः बोलाइएको हो ।

आजको बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने जानकारी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले दिनुभयो । उहाँले पार्टीको महाधिवेशनको मिति, राष्ट्रियसभाको निर्वाचनसहितका समसामयिक राजनीतिक विषयमा आजको बैठकमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आजको बैठकमा पार्टीको महाधिवेशनको मिति तय गरिने छ र राष्ट्रियसभाको निर्वाचनका साथै अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुँदैछ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी