प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी नेकपा का महासचिव नेत्रविक्रम चन्द (विप्लव) विरुद्ध जारी भएको पक्राउ पुर्जी गलत भएको बताएका छन्।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले सो पक्राउ पुर्जीबारे छलफल भइरहेको बताए । ‘विप्लवलाई वारेन्ट जारी गलत भयो,’ प्रधानमन्त्री प्रचण्डले भने ।
काठमाडौं जिल्ला अदालतमा दर्ता भएको राज्यविरूद्धको कसुरमा विप्लवसहित अन्य ४ जना नेतताविरुद्ध सोमबार ३५ दिने पक्राउ पुर्जी जारी भएको छ।
महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघका पूर्र्व अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।
उनीहरुलाई ३५ दिन भित्र अदालतमा आफै उपस्थित हुन नभए पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
हेमन्त प्रकाश ओलीसमेतलाई प्रतिवादी बनाएर २०७६ असोज ९ गते मुद्दा दायर भएको थियो।