कोप -२८ सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै

कोप -२८ सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कदै

  • आइतवार, मंसिर १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन कोप–२८ मा भाग लिने क्रममा यही मंसिर १४ देखि संयुक्त अरब इमिरेट्स ९यूएई० मा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किंदै छन्।

आफ्नो भ्रमणबारे जानकारी गराउन आज साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकार सम्मेलन गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएईको दुबई पुगेका थिए।

त्यहाँ रहँदा प्रधानमन्त्री प्रचण्डले शनिबार कोप–२८ सम्मेलनलाई सम्बोधन गर्दै ‘नेपालमाथिको अन्याय रोकिनुपर्ने’ बताएका थिए।

त्यसअघि शनिबारै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्त्याएर गोलमेच बैठक आयोजना गरेका थिए ।

जलवायु परिवर्तनको असरबाट अतिप्रभावित देशभित्र नेपाल रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ