काठमाडौँ मंसीर १४ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी शक्तिहरुले सल्बलाहट गर्न खोजेको भन्दै त्यसो गरे एमालेका लागि सह्य नहुने चेतावनी दिएका छन् ।
एमालेले बिहीबारबाट सुरू गरेको झुलाघाट–चिवाभन्ज्याङ पदयात्राको उद्घाटनपछि बैतडीको गोठालापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले ुदेश बेहाल भएकाले जनताहरू विदेशिन बाध्य भएका छन्, प्रतिगामीहरु दुलाबाट टाउको निकालेर सल्बलाउन खोजेका छन्, कुनै बेलाका महाराज भनेर अहिले सालिक ठड्याउने जस्तो काम समेत हुन थालेको छ,ु ओलीले भने, याद रहोस् हामी पछाडि फर्कन सक्दैनौं, फेरि कसैको दास, रैती हुन सक्दैनौं ।”
अध्यक्ष ओलीले पहिचानवादी आन्दोलनका नाममा अहिले जनतालाई भड्काउने खोजिएको ओलीले आरोप लगाए । पहिचानको नाममा राजनीतिक हिंसा फैलाउने र अरुलाई आक्रमण गर्ने कुरा अब सहन नसक्ने उनले चेतावनी दिए ।
आफूलाई प्रधानमन्त्रीबाट हटाएपछिको पछिल्लो साढे दुई वर्षमा अर्थतन्त्र धेरै ओरालो लागेको र राजनीतिक अस्थिरता, तस्करी र भ्रष्टाचार मौलाएको दाबी गरे ।