वैतडीको झुलाघाटबाट एमालेको महाकाली मेची यात्रा शुरु

वैतडीको झुलाघाटबाट एमालेको महाकाली मेची यात्रा शुरु

  • बिहिबार, मंसिर १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

नेकपा एमालेको मध्यपहाडी लोकमार्गको महाकाली–मेची यात्रा बिहीबार बैतडीको झुलाघाटाबाट सुरु भएको छ। महाकाली किनार झुलाघाटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान झण्डोत्तोलन गरेर पदयात्राको शुभारम्भ गरेका छन्।

पदयात्रा कार्यक्रममा सहभागी हुन एमालेको केन्द्रीय पदाधिकारीसहित शीर्ष नेतृत्व बुधबार बेलुका नै बैतडी पुगेको थियो।

बैतडी सदरमुकाम गोठालापानीमा बास बसेका ओली बिहानै पार्टीको महाकाली मेची पदयात्रा उद्घाटनका लागि झुलाघाट पुगेका थिए। कार्यक्रममा एमालेका स्थानीय नेतारकार्यकर्ताको बाक्लो उपस्थिति छ।

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर बिहीबारदेखि बैतडीको झुलाघाटबाट एमालेले मध्यपहाडी लोकमार्गको पदयात्रा सुरु गरेको हो । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीसहित एमालेको शीर्ष नेतृत्वको आउजाउलाई व्यवस्थित गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ