दुर्गा प्रसाईले राजतन्त्र ल्याउछु भन्नु कल्पना मात्रै हो : माधव नेपाल

दुर्गा प्रसाईले राजतन्त्र ल्याउछु भन्नु कल्पना मात्रै हो : माधव नेपाल

  • मङ्लबार, मंसिर १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको बताएका छन्। भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिम र जाजरकोट पुगेर काठमाण्डौँ फर्कनेक्रममा मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेपालले यस्तो बताएका हुन्।

राजतन्त्र इतिहास भइसकेको भन्दै उनले कसैले राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्रै भएको तर्क गरे। ‘गणतन्त्र जनताको व्यवस्था हो, यो कुनै परिवार र खानदानको व्यवस्था होइन,’ नेपालले भने, ‘सरकार र मन्त्रीको विषयमा प्रश्न उठाउन सकिएला तर फेरि पनि राजतन्त्र ल्याउँछु भन्नु कल्पना मात्र हो।’

उनले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी समेत दिए । ‘सरकारले गलत काम गरेको छ भने सरकारका विरुद्धमा उभिनुप¥यो, तर व्यवस्थाको विरोध गर्दै राजसंस्था ल्याउँछु भन्ने नारा लगाउनु वाहियात हो,’ उनले भने।

मेडिकल व्यवसायी दुर्गा प्रसाईतिर इंगित गर्दै नेपालले राजावादीहरूले ठूलो हुङ्कार गरेर काठमाडौँमा आन्दोलन गरे पनि त्यो उपलब्धिविहीन भएको बताए।

पछिल्लो समय देशको देखिएको आर्थिक संकट र संघीयताको विषयमा भएका गल्ती कमजोरी भने सच्चाउनुपर्ने बताए।

‘मुलुकमा देखा परेको आर्थिक संकट र जनताले भोगिरहेका समस्या समाधानको विषय सोच्नुपर्ने बेला आएको छ’ उनले भने, ‘राजतन्त्र ल्याएपछि बैंकको ऋण मिनाह हुन्छ भनेर आन्दोलन गर्नु बेर्थ मात्र हो।’

यस्तै उनले तत्काल कुनै दलसँग पनि पार्टी एकता सम्भव नरहेको समेत बताए। ‘मन, विचार र सिद्धान्त मिलेपछि मात्रै पार्टी हुन्छ,’ उनले भने, ‘हामी अहिले पार्टीलाई सुदृढ गर्ने अभियानमा छौँ, तत्काल कसैसँग पार्टी एकता सम्भव छैन।’

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ