नेकपा एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरूले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन्। राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गरे।
शुक्रबार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले कतिपय देशहरूले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भएपनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसावले पनि राजतन्त्र हुनै नसक्ने तर्क गरे।
‘केहीकेही तत्वहरू १५ वर्ष अघि फ्याँलीसकिएका, हेर्दाहेर्दा वाक्क, ब्याक्क, दिक्क भएर जनताले पाल्न नसकिने रहेछ यो। र, यो काम लाग्ने चिजनै होइन रहेछ, ओलीले भने, ‘मैले बोल्दाखेरी भनेँ– कित चेतनानै नभएका मुर्खहरूले राजतन्त्र मान्छन्। एउटा मान्छेको छोरा, जन्मिँदै राष्ट्रप्रमुख हुन जन्मिन्छ। लाटो जन्मिन्छ कि। गजाडी जन्मिन्छ कि। ड्रगिष्ट भएर जन्मिन्छ कि। कस्तो भएर जन्मिन्छरु लफंगा भएर जन्मिन्छ किरु थाहा छैन। जन्मिँदै राजा हुने। त्यो कुरालाई पनि मान्छु, त्यही हुनुपर्छ भन्ने कठैबरी।’
एउटा मान्छेको छोरो जन्मिँदै राष्ट्र प्रमुख हुन जन्मिने कुरा चेतना नभएका मुर्खहरूले मात्रै गर्ने ओलीको भनाइ थियो।
उनले बिहीवार दुर्गा प्रसाईंको नेतृत्वको काठमाडौँको बल्खुमा भएको प्रर्दशनप्रति संकेत गर्दै एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिस लागेको टिप्पणी गरे।