मंसीर ८ काठमाण्डौँ । दुर्गा प्रसाईले अब गणतन्त्र सकिएको भन्दै नेताहरुलाई जहाँ भेट्यो त्यही ठोक्न र ठग लुटेराको संज्ञा दिँदै बैंकर र निश्चित उद्योगी व्यवशायीलाई लखेटने भन्ने उत्तेजक अभिव्यक्ति निन्तर दिए पछि दुर्गा प्रसाईप्रति सरकार कठोर बन्ने संकेत दिएको छ ।
सरकारले आज तिनकुनेमा प्रदर्शन गर्न रोक्ने प्रहरीले प्रसाईलाई घरबाट निस्कन दिएको थिएन भने उनका समर्थकहरुलाई तिनकुनेबाट पक्राउ गरिएको थियो ।
तर उच्च स्रोतका अनुसार भोली प्रसाईलाई तिनकुनेमा प्रदर्शन गर्र्न आएमा त्यसपछिको स्थिति हेरेर प्रसाईलाई पक्राउ गर्न सक्ने संभावना छ ।
पछिल्लो समय केपी ओली र महेश बस्नेत बिरुद्ध आक्रामक देखिएका प्रसाई अराजक अभिव्यक्ति दिँदै हिँडेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline