दुर्गा प्रसाईको आन्दोलनमा झडपः प्रहरीद्धारा १५७ राउण्ड अश्रुग्यास र केही रबरका गोली प्रहार

दुर्गा प्रसाईको आन्दोलनमा झडपः प्रहरीद्धारा १५७ राउण्ड अश्रुग्यास र केही रबरका गोली प्रहार

  • बिहिबार, मंसिर ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को प्रदर्शनमा १ सय ५९ सेल अश्रुग्यास प्रहार भएको छ भने केही राउण्ड रबरका गोली प्रहार भएको छ ।

बिहीबार दिउँसो काठमाडौँको बल्खुमा भएको प्रदर्शनका क्रममा भएको झडप नियन्त्रण गर्नका लागि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो।

प्रदर्शनकारीको ढुंगा प्रहारबाट प्रहरीको ३ वटा मेघाफोन, शिल्ड–११ थान, हेल्मेट–३ थान र वाटर क्याननमा समेत क्षति पुगेको छ। प्रहरीका अनुसार प्रदर्शनकारीतर्फ २३ जना घाइते भएका थिए।

त्यस्तै, प्रहरीतर्फ ५ जना घाइते भएका छन्। बल्खुबाट कुलेश्वरतर्फ आउन लागेको भीडलाई माइकिङ गरेर सम्झाउने क्रममा झन् उत्तेजित समुहले ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ