गणतन्त्र उल्ट्याउने सपना कसैले नदेखे हुन्छः प्रधानमन्त्री

गणतन्त्र उल्ट्याउने सपना कसैले नदेखे हुन्छः प्रधानमन्त्री

  • बुधबार, मंसिर ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र उल्ट्याउने सपना नदेख्न चेतावनी दिएका छन् ।

बुधवार नेपाल सम्वत मूल समारोह समितिले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आजको परिवर्तन साना दुःखले नआएको भन्दै यो व्यवस्थाका निम्ति हजारौँले रगत बगाएको बताए ।

‘यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन’, प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ’, चेतावनी दिँदै प्रधानमन्त्रीले भने, ‘यस्तो दुष्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ ।’

एकथरी मान्छेहरू लोकतन्त्र र संस्कारको कुरा गरिरहेको भन्दै उनले उनीहरूको संस्कार सिकाउन खोज्नुको कुनै अर्थ नभएको बताए । ‘लुटको स्वर्ग गुमेको छटपटी उनीहरूको होला । तर, व्यवस्थाका विरुद्ध षड्यन्त्र गरिरहे हामी थप कठोर हुन बाध्य हुनेछौँ’, प्रधानमन्त्रीको चेतावनी छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ