सिंहदरबारको १२० वर्ष पूरानो भवनको रेट्रोफिटिङ सम्पन्न भएपछि प्रधानमन्त्री कार्यलय सारियो

सिंहदरबारको १२० वर्ष पूरानो भवनको रेट्रोफिटिङ सम्पन्न भएपछि प्रधानमन्त्री कार्यलय सारियो

  • बुधबार, मंसिर ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सरेका छन् । प्रधानमन्त्री दाहाल आज सो भवनमा सरेका हुन् ।

२०७२ सालको विनाशकारी भूकम्पले सो भवनमा क्षति पुगेपछि त्यसलाई पुनर्निर्माण गरी तयार गरिएको हो । नयाँ कार्यालयमा सरेको अवसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले नयाँ सुरुवातले नयाँ गति पक्रने आशा व्यक्त गरे । उनले पहिले कार्यालय रहेको ठाउँभन्दा यो ठाउँ अलि खुला र फराकिलो रहेकाले नयाँ कुराहरू फुर्न सक्ने पनि बताए ।

प्रधानमन्त्रीले पछिल्लो भागबाट अघिल्लो भागमा पहिलाको ठाँउ अलि गुम्म परेको र अहिले बरण्डाबाट सबैतिर देखिने, ठाँउ पनि ठूलो रहेकाले आफ्नो दिमाग फुर्ने महसुस गरेको बताए ।

१२० वर्ष पूरानो यो भवनको रेट्रोफिटिङ गरेर भत्किएका चर्किएका ठाँउहरु पूरानै शैलीमा मर्मत गरी पूरानो संरचना ज्यूका त्यूँ राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ