कसैसँग पनि वामपन्थी एकता नगर्ने एमाले अध्यक्ष ओलीद्धारा स्पष्ट

कसैसँग पनि वामपन्थी एकता नगर्ने एमाले अध्यक्ष ओलीद्धारा स्पष्ट

  • बुधबार, मंसिर ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल क्ुनै पनि वामपन्थी पार्टीसँग एकताको कुरा नगर्न नेताहरुलाई निर्देशन दिएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकलाई संवोधन गर्दै उनले वामपन्थी शक्ति नमिलि हुँदैन भन्ने लोकप्रिय कुरा नगर्न निर्देशन दिए ।

‘एकताको माला त्यति वेलाबाटै भएको हो, तर एउटा एकता गर्दा अरू दुई वटा फुट्छ ।’ उनले एकताको कुरा मिठो सुनिए पनि त्यसका लागि धेरै कुरा मिल्न जरुरी रहेको भन्दै एमालेको नीति, सिद्धान्त, विचार र नेतृत्वलाई स्वीकार गरिए मात्रै एकता सम्भव रहेको बताए ।

‘दुईवटा अध्यक्ष राखेर एकता हुँदैन’, अध्यक्ष ओलीको भनाइ छ ।

‘व्यवहारिक राजनीति नहुने, सिद्धान्त जप्ने, उपलब्धि केही नहुने, आफू साँघुरिँदै जाने, आफ्ना विचारमा अरूलाई सहमत गराउन नसक्ने, अरूका विचारतिर लहसिँदै जाने, अरूका स्वार्थका निम्ति काम गर्ने खालका कुराहरू न वामपन्थी हुन् न केही हुन् ? सुन्दा राम्रो सुनिएला’, उनले भने, ‘राम्रो सुनिन्छ वामपन्थी एकताविना सम्भव छैन, के हो वामपन्थी एकता भनेको ?

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताका कुरा अन्य नेताहरुले गरिरहेका बेला ओलीले यो अभिव्यक्ति दिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ