मंसीर ३ एजेन्सी । माल्दिभ्सले भारतलाई आफ्नो देशभित्र रहेको भारतीय सैनिक फिर्ता लैजान औपचारीक आग्रह गरेको छ। राष्ट्रपतिको शपथग्रहणलगत्तै राष्ट्रपति मोहम्मद मुइज्जूले भारतलाई आफ्ना सैनिक फिर्ता लैजान भनेका हुन् । चीन निकट मानिने मुईज्जुले चुनाव अघि नै आफू राष्ट्रपति भएमा भारतीय सेना फिर्ता गराउने प्रतिवद्धता जनाएका थिए ।
माल्दिभ्सको राष्ट्रपति कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा भारतका अर्थ साइन्समन्त्री किरेन रिजिजुसँगको भेटमा राष्ट्रपति मुइज्जूले भारतलाई आफ्नो सेना फिर्ता लैजान भनेको उल्लेख छ ।
भारतीय मन्त्री रिजिजु शुक्रबार भएको शपथग्रहण समारोहमा सहभागी हुन माले पुगेका थिए । मन्त्री रिजिजुले शनिबार राष्ट्रपति मुइज्जूसँग भेटेर बधाई दिएका थिए । तर त्यही भेटमा पनि मुईज्जुले सेना फिर्ता लान भनेका थिए ।
राजधानी मालेका पूर्वमेयर मुइज्जूले गत महिना भएको राष्ट्रपति निर्वाचनमा माल्दिभ्समा रहेको भारतीय सैनिकको फिर्तीको विषयलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए । उनले ुइन्डिया आउटु नारा दिँदै चुनाव जितेका हुन् ।