चीनीया कम्युनिष्ट पार्टीद्धारा पनि जाजरकोट भूकम्प पीडितका लागि सहयोग

चीनीया कम्युनिष्ट पार्टीद्धारा पनि जाजरकोट भूकम्प पीडितका लागि सहयोग

  • बिहिबार, कार्तिक ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दलका प्रतिनिधिमार्फत २ करोड ७४ लाख ७५ हजार रुपैयाँ बराबरका राहत सामग्री उपलब्ध गराएको छ ।
यस अघि चीन सरकार र अन्य प्रान्तबाट ५० करोड बढीको राहत सामाग्री चीनले उपलव्ध गराईसकेको छ । चीनीया जनमुक्ति सेनाको विमान मार्फत र रसुवा नाकाबाट चीनले ठूलो सहयोग प्रदान गरेको छ ।

त्यसपछि चीनीया कम्युनिष्ट पार्टीले पनि दुतावास मार्फत दलका नेताहरुको हातमा राहत हस्तान्तरण गरेको हो । यो राहत चीनीया दुतावासले नै प्रभावित क्षेत्र जाजरकोट र रुकुम पुर्याउने जनाएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) महासचिव देव गुरुङ र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

छठपछि उक्त सामग्री एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई हस्तान्तरण गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ