सांसद विकास कोषको ८ अर्ब रुपैया भूकम्प पीडितका लागि राहत कोषमा जम्मा गर्ने सरकारको निर्णय

सांसद विकास कोषको ८ अर्ब रुपैया भूकम्प पीडितका लागि राहत कोषमा जम्मा गर्ने सरकारको निर्णय

  • सोमवार, कार्तिक २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

सरकारले सांसद विकास कोष (संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम) को ८ अर्ब र त्यसमा रकम थपेर १० अर्ब बनाई भूकम्पपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सांसद विकास कोषअन्तर्गत प्रतिसांसद ५ करोडका दरले ८ अर्ब २५ करोड रकम छुट्याइएको भए पनि कार्यान्वयन भएको छैन। हालै सर्वोच्च अदालतले बोलीचालीमा सांसद विकास कोष भनेर चिनिने ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ रोक्न अन्तरिम आदेश दिएको थियो। आज बसेको मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माण थाल्ने समेत निर्णय गरेको छ ।

उनका अनुसार भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त भएका, क्षतिग्रस्त नभए पनि बस्न योग्य नभएका घर पुनः निर्माणका लागि तत्काल ५० हजार निकासा गर्ने निर्णय बैठकले गरेको छ। यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण १५४ जनाको मृत्यु भएको छ भने ४ सय जनाजति घाइते भएका छन्। हजारौँ परिवार घरबासविहीन भएका छन्।

भूकम्पमा जाजरकोट र रुकुम पश्चिमलगायत जिल्लामा गरी ३५ हजारभन्दा बढि घरमा क्षति पुगेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ