नेपाल भ्रमणमा रहेका चीनीया नेता वाङ र गृहमन्त्री श्रेष्ठबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका चीनीया नेता वाङ र गृहमन्त्री श्रेष्ठबीच भेटवार्ता

  • शनिबार, कार्तिक २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौँ / उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ चुनचङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

शनिबार गृह मन्त्रालयमा भएको भेटमा सचिव वाङले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा उनी र चिनियाँ राष्ट्रपति सिजिनफिङबीच भएको सहमति(सम्झौताको कार्यान्वयन पक्ष नै आफ्नो भ्रमणको उद्देश्य भएको बताए । प्रधानमन्त्री दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र राजनीतिक दलका नेता र पदाधिकारीसँगको आफ्नो भेट उपलब्धिमूलक रहेको उनले बताए ।

नेपालको सार्वभौम स्वतन्त्र नीतिको चीनले सधैं प्रशंसा गरेको तथा नेपालले एक चीन नीति र तिब्बत पक्षमा देखाएको दृढता अविचलित रहेकोमा उनले खुसी व्यक्त गरेका उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । चीनले नेपालको हरेक समस्यामा साथ दिने, अहिलेको भूकम्पमा पनि पहिलो चरणको सहयोग गरिएको र थप सहयोग गरिने सचिव वाङले आश्वासन दिए ।

कोभिडको कारणले केही समय सीमामा समस्या भए पनि हाल पुराना सबै नाका खुलिसकेको, नेपाल र चीनबीचको व्यापार तथा पारवहन सुचारु भइसकेको केही नयाँ नाकाहरू पनि खुलिसकेकोमा उनले खुसी व्यक्त गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच सरकार, पार्टी र जनस्तर, तीनै तहमा उत्तिकै ऐतिहासिक एवम् हार्दिक सम्बन्ध रहेको उल्लेख गरे ।

यस अघि वाङले प्रधानमन्त्री लगायतका उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ