प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद्को बैठकः भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धारबारे थप निर्णय हुने

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद्को बैठकः भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धारबारे थप निर्णय हुने

  • आइतवार, कार्तिक १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले बिहान ८ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । शुक्रवार जाजरकोट र रुकुमुमा गएको भूकम्पबाट भएको क्षति तथा भूकम्प प्रभावितको राहत तथा उद्धारबारे छलफल र निर्णयका लागि बैठक बोलाईएको हो ।

शनिवार भूकम्प प्रभावित क्षेत्रमा सबै मन्त्रीहरू राहत तथा उद्धारमा केन्द्रित भएका कारण उद्धार, राहत र पुर्नस्थापनाका लागि आज आकस्मिक बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धारको काम सकिएको बताएको छ ।

भूकम्प गएदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले शुरु गरेको उद्धार र खोजी कार्य हिजो अपरान्ह पुरा भएको सरकारले बताएको हो । प्रधानमन्त्री बिहानै जाजरकोट रुकुम पुगेर घाईतेको उद्धारमा संलग्न भएका थिए । उनी हिजो दिनभरी नै प्रभावित जिल्लामा रहेर अपरान्ह काठमाण्डौँ फर्किएका थिए ।

प्रधानमन्त्री प्रचण्डले आजदेखि राहत र पुनर्स्थापनाको काम शुरु गर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ