काठमाडौँ, १६ कात्तिक । सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
संसदले संक्रमणकालीन न्याय सम्बन्धि विधेयक सहित अन्य थुप्रै कानुन नबनाउदै अधिवेशन सकिन लागेको हो । यसै अधिवेशनमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयक टुंग्याउने भनिए पनि विवाद र पटक पटक संसद अवरोधले त्यो पूरा हुन सकेन ।
यसै गरी मन्त्रीपरिषद बैठकले सहसचिव राधिका अर्याललाई प्रशासनतर्फको सचिव र विश्वबाबु पुडासैनीलाई प्राविधिकतर्फको सचिवमा बढुवा गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline