एमालेको चियापनः प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा सहभागी

एमालेको चियापनः प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा सहभागी

  • बुधबार, कार्तिक १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

कार्तिक १५, काठमाडौँ । नेकपा एमालेले आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु सहभागि भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापनमा पुगेका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष दाहाल र पूर्व प्रधानमन्त्री देउवालाई अध्यक्ष ओलीलगायत नेताहरुले स्वागत गरेका थिए ।

यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समावजवादीका नेता झलनाथ खनाल, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा सिका महासचिव नेत्रविक्रम चन्दलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि चियापनमा सहभागी भएका थिए ।

एमालेले पार्टीका कार्यकर्ताका लागि साढे १२ बजे र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि साढे २ बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ