महासचिव गुटेरेस र उपप्रधानमन्त्री श्रेष्ठबीच शिष्टाचार भेटवार्ता,जलवायु परिवर्तन सहयोग कोष वृद्धि गरिने

महासचिव गुटेरेस र उपप्रधानमन्त्री श्रेष्ठबीच शिष्टाचार भेटवार्ता,जलवायु परिवर्तन सहयोग कोष वृद्धि गरिने

  • मङ्लबार, कार्तिक १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं। नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच आज मंगलबार दिउँसो शिष्टाचार भेटवार्ता भएको छ। गृह मन्त्रालयको सभाकक्ष, सिंहदरबारमा भएको भेटवार्तामा नेपालको आर्थिक-सामाजिक विकासको प्राथमिकता र त्यसपक्षमा राष्ट्रसंघको भूमिकाबारे खुलेर छलफल भएको थियो।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले जलवायु परिवर्तनले नेपालजस्तो पर्वतीय देशलाई बढी जोखिममा पारिरहेको र त्यसको नियन्त्रणमा राष्ट्रसंघले चालेका कदमबारे जिज्ञासा राख्नुभएको थियो। जवाफमा महासचिव गुटेरेसले ‘राष्ट्रसंघीय जलवायु परिवर्तन सहयोग कोष’को पुनर्संरचना गरी प्रभावित मुलुकका लागि कोषको वृद्धि गरिने बताउनुभयो। त्यस्तै उहाँले जलवायु परिवर्तन बहुप्रकोपीय जोखिम पुर्वसुचना प्रणाली स्थापनामा समेत सहयोग गरिने बताउनुभयो।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल राजनीतिक परिवर्तनपछि गुणात्मक आर्थिक-सामाजिक न्यायसहित विकासको फड्कोमा अगाडि बढ्न खोजिरहेको र वर्तमान सरकारका प्राथमिकताहरू त्यसमै केन्द्रित रहेको बताउनुभयो। महासचिव गुटेरेसले राजनीतिक, सामाजिक र आर्थिक विकास एवम् अभियानहरू परिपुरक भएको र नेपालले दीगो विकास, शान्ति स्थापना र शान्ति प्रक्रियाको निष्कर्षका लागि उदाहरणीय अभ्यास गरिरहेकोमा प्रशंसा गर्नुभयो।

आजै लुम्बिनी भ्रमण गरी आउनुभएका महासचिव गुटेरेसप्रति बुद्धभूमिलाई महत्त्व दिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले हार्दिकता प्रकट गर्नुभयो। नेपालले ध्यानलाई अभियानका रुपमा राष्ट्रसंघसम्मै पुर्‍याएर शान्ति तथा बुद्धको सन्देश स्थापित गर्न खोजेको र यहाँका सबै राजनीतिक पक्षको सहमतिसहित एकदिने ध्यान शिविर तय गरिने जानकारी समेत उहाँले दिनुभयो। त्यसबारे महासचिव गुटेरेसले खुशी व्यक्त गर्नुभयो।

हृदयघातको उपचारपछि स्वास्थ्य लाभ गरिरहनुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई महासचिव गुटेरेसले छिटै पूर्ण स्वास्थ्य सहजताको शुभकामना समेत दिनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ