काठमाडौँ । नेपाल भ्रमणमा रहेका सँयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले आज संसदको दुबै सदनलाई संवोधन गर्देछन् । त्यसका लागि संसदको बैठक अपरान्ह ४ बजेलाई बोलाईएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको समय निर्धारण गरेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जनाएका छन् ।
महासचिव गुटरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका हुन् । उनी बुधबार फर्कदैछन् ।
उनले यस अघि, राष्ट्रपति, प्रधानमन्त्री र दलका नेताहरुसँग भेटवार्ता गर्नुका साथै सगरमाथा बेसक्याम्प र पोखराको भ्रमण गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline