महासचिव गुटेरसको भ्रमणले शान्ति प्रकृया टुंगोमा पुर्याउन सहयोग पुग्छ : प्रधानमन्त्री

महासचिव गुटेरसको भ्रमणले शान्ति प्रकृया टुंगोमा पुर्याउन सहयोग पुग्छ : प्रधानमन्त्री

  • आइतवार, कार्तिक १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन महत्वपूर्ण भुमिका हुने बताउनुभएको छ ।

आइतबार सिंहदरबारस्थित कार्यकक्षमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटपछि उहाँले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनुभएको हो । नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमणबाट त्यसलाई टुंगोमा पु¥याउन अन्तर्राष्ट्रिय समूदायको पनि महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले त्यस अवसरमा जलवायु परिवर्तनले नेपालमा पारेको असर न्युनिकरणका लागि महासचिव गुटेरेसले ।खेल्नुभएको भुमिकाको उच्च प्रशंशा गर्दै आगामी दिनमा अझ धेरै सहयोगको पनि अपेक्षा गरिएको बताउनुभयो । उहाँले महासचिव गुटेरेसको नेपाल भ्रमणबाट मुलुकको समृद्धि र विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ