संसदको बैठक आज बस्दै, यी हुन कार्यसूची

संसदको बैठक आज बस्दै, यी हुन कार्यसूची

  • आइतवार, कार्तिक १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ । आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । झण्डै दुई सातापछि आज प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजेका लागि संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।

सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यतालिका रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नुहुनेछ भने परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ