काठमाडौं । नेपाली कांग्रेसले आज चियापान गर्ने भएको छ। दसैं, तिहार तथा छठ पर्वको अवसरमा कांग्रेस पार्टी कार्यालयमा शनिबार दिउँसो १ बजेदेखि ५ बजेसम्म चियापान गर्ने कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।
उनका अनुसार चियापान समारोहमा विभिन्न राजनीति दलका नेता, पार्टीका नेता कार्यकर्ताहरूको उपस्थिति रहनेछ। कांग्रेसले हरेक वर्ष कोजागत पूर्णिमाका दिन चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको छ।
२०३३ सालमा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ।
यसै गरी एमालेले पनि चियापानको आयोजना गर्ने तयारी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline