गाजाको अस्पतालमा भएको क्रुर र अमानवीय आक्रमणप्रति नेपालले गर्यो निन्दा

गाजाको अस्पतालमा भएको क्रुर र अमानवीय आक्रमणप्रति नेपालले गर्यो निन्दा

  • बिहिबार, कार्तिक २, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौँ । नेपाल सरकारले गाजा क्षेत्रको अस्पतालमा भएको आक्रमणले गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गाजाको अस्पतालमा आक्रमण गरी नागरिकको ज्यान लिएको घटनाले सरकार स्तब्ध भएको बताएको हो ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएको घटनामा नेपाल सरकार स्तब्ध भएको छ । अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौँ । साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’

यस्तै मन्त्रालयले सर्वसाधारण नागरिक विरुद्धको आक्रमणको बारेमा गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गरेको छ । सरकारले जस्तोसुकै परिस्थितिमा भएपनि नागरिकको सुरक्षा गर्न आह्वान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ