कोशी प्रदेशमा आज सांसदहरुको सनाखत पछि मात्रै मुख्यमन्त्री नियुक्त हुने

कोशी प्रदेशमा आज सांसदहरुको सनाखत पछि मात्रै मुख्यमन्त्री नियुक्त हुने

  • शनिबार, अशोज २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्‍यमन्त्रीमा दाबी पेस गरेका दुवै पक्षका उम्मेदवारले पेस गरेका सांसदहरुको सनाखत आज गराउने भएका छन् । आज सनाखत गरिसकेपछि बहुमत जसले पुर्याउछ उसैलाई मुख्यमन्त्री नियुक्त गर्दे प्रदेश प्रमुखको तयारी छ ।

मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मका लागि दिइएको समय घर्किएपछि प्रदेश प्रमुख खापुङले कानून परामर्श गरेपछि शनिबार बिहान ८ बजेदेखि हस्ताक्षर सनाखत गर्ने निर्णय गरेका हुन् ।

मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की र माओवादीका ईन्द्र आङ्बोको छुट्टा छुट्टै दाबी पेस भएपछि प्रदेश प्रमुखले सांसदहरुलाई सशरीर उपस्थित गराएर हस्ताक्षर सनाखत गराउन लागेका हुन ।

पार्टीको आधिकारीक निर्णय र सहमति विपरीत शेखर कोईराला समुहका कार्की सहित केही सांसदले विद्रोह गरी उम्मेद्धारी दिएर एमालेको समर्थन लिएपछि काँग्रेस गंभीर बनेको छ । विद्रोही सांसदलाई फकाउने प्रयास भर्ईरहेको छ । यता पार्टीले बोलाएको बैठकमा समेत नगएर शेखर टाढिएका छन् । उनलाई कुरेर काँग्रेसको बैठक आज बिहानलाई देउवाले सारेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ