कालापानीमा मोदीको भ्रमणः नेपालमाथि भारतको नाङ्गो हस्तक्षेप हो : गगन थापा

कालापानीमा मोदीको भ्रमणः नेपालमाथि भारतको नाङ्गो हस्तक्षेप हो : गगन थापा

  • शुक्रबार, अशोज २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

असोज २६ गोरखा । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको भ्रमण नाङ्गो र ठाडो हस्तक्षेप भएको भन्दै बिरोध जनाएका छन ।

गोरखामा काँग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई संवोधन गर्दै थापाले भारतको यस्तो हस्तक्षेप र अतिक्रमण रोक्न सम्पूर्ण राजनीतिक दल एक हुनु पर्ने बताए ।

केही दिन अघि मोदी नेपाली भूमि कालापानीको गुञ्जीमा पुगेका थिए । सो दिन नेपालीलाई नै भारतीय सेनाले प्रवेश निषेध गरेको थियो

सन् १९६२ देखि नेपाली भूमि भारतले कब्जा गरेको थियो । सो भूमि नेपालको नक्सामा समेटिए पनि भारत फिर्ता गर्न तयार भएको छैन ।

महामन्त्री थापाले नेपालको अन्तराष्ट्रिय सम्बन्ध सन्तुलित हुनु पर्ने र सबै राजनीतिक दलको साझा दृष्टिकोण हुनु पर्ने भन्दै घरेलु राजनीतिका कारण वैदेशिक सम्बन्ध प्रभावित हुन नहुने बताए ।

उनले गठबन्धनका नाममा चार पाँच जना नेताहरुको मात्र बैठक बस्ने गरेको भन्दै बिरोध जनाए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ