मृतक नेपालीको शब ल्याउन, सुरक्षा प्रवन्ध र उद्धारका विषयमा परराष्ट्रमन्त्री साउदद्धारा ईजरायली विदेशमन्त्रीसँग संवाद

मृतक नेपालीको शब ल्याउन, सुरक्षा प्रवन्ध र उद्धारका विषयमा परराष्ट्रमन्त्री साउदद्धारा ईजरायली विदेशमन्त्रीसँग संवाद

  • मङ्लबार, अशोज २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो इजरायलका समकक्षीसँग टेलिफोन संवाद गरेका छन् । मंगलबार दुई देशका परराष्ट्रमन्त्रीबीच टेलिफोन संवाद भएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

संवादमा उनीहरुबीच निधन भएका नेपालीहरुको शव स्वदेश ल्याउन, नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र स्वदेश फर्कन चाहने नेपालीहरुलाई सहजीकरण गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा मन्त्री साउदले कठिन समयमा नेपाल इजरायलको साथमा रहेको बताएका थिए । यस्तै इजरायली सरकारका परराष्ट्रमन्त्रीले पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।

इजरायल हमासले शनिबार गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायल र गाजाको सीमा क्षेत्रमा बंकरभित्र आश्रय लिएर बसेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जना विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको मन्त्रालयले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ