इजरायलमा ज्यान गुमाएका नागरिकको शव तत्काल स्वदेश ल्याउन समितिको निर्देशन

इजरायलमा ज्यान गुमाएका नागरिकको शव तत्काल स्वदेश ल्याउन समितिको निर्देशन

  • मङ्लबार, अशोज २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

इजरायलमा ज्यान गुमाएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो। समितिले घाइतेहरुको शिघ्र स्वास्थ्य उपचार गरी बेपत्ता भएकाहरुको खोजी गर्न र स्वदेश फिर्ता हुन इच्छुक नागरिकलाई तत्काल फिर्ता ल्याउने प्रबन्धन गर्न समेत निर्देश गरेको छ।

‘उक्त अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरुको शव यथाशिघ्र स्वदेश ल्याउन, घाइतेहरुको शिघ्र स्वास्थ्य उपचार गर्न, बेपत्ता भएकाहरुको खोजी गर्न, अफ्ठ्यारोमा परेका नेपालीहरुको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहाना राख्ने नेपालीलाई तत्काल फिर्तीको प्रबन्ध पहल गर्न समिति सरकारलाई निर्देश गर्दछ,’ बैठकका निर्णय सुनाउँदै समितिका सभापति राजकिशोर यादवले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ