दुर्गा प्रसाईले भने, केपी ओली भन्दा प्रचण्ड धेरै स्तरीय मान्छे रहेछन् ( भिडियो सहित )

दुर्गा प्रसाईले भने, केपी ओली भन्दा प्रचण्ड धेरै स्तरीय मान्छे रहेछन् ( भिडियो सहित )

  • मङ्लबार, अशोज २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 15.1K
    SHARES

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तुलनामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘राजनीतिक चरित्र भएको मान्छे’ भएको बताएका छन् ।

ओली र महेश बस्नेतको पक्षमा नाराबाजी गर्दै उनीमाथि हिजो युवा संघका कार्यकर्ताले कालोमोसो दलेपछि उनले आज पत्रकार सम्मेलन गर्दै यति धेरै गाली गर्दा पनि अहिले सम्म प्रचण्डले जवाफ नफर्काएको तर ओलीले कालोमोसो दलाएको भन्दै उनले ब्यग्यात्मक रुपमा ओलीलाई धन्यवाद दिए ।

उनले केपी ओली र महेश बस्नेत बिरुद्ध आक्रोश पोख्दै भने, महेश बस्नेतको राजनीति के होला ? भन्ने चेतावनी दिए ।

यस क्रममा उनले ओलीमा राजनीतिक चरित्र नभएको भन्दै भने, मेरो हजुरवुवाले पचासौँ हजार युवालाई पार्टी प्रवेश गराँए, अहिले धेरै ठूलो गुण लगाउनु भयो, धन्यवाद छ , शुभकामना छ ।

‘हजुरबुवा लाई म के भन्छु भने, तपाईंले जस्तो विरुवा आज रोप्नुभएको छ नि, तपाईंभन्दा त यो कुरामा धेरै स्ट्यान्डर्ड हुनुहुँदोरछ प्रचण्ड। प्रचण्डको विषयमा पनि बोलियो नि ! तर प्रचण्डले आजसम्म जवाफ फर्काउनुभएको छैन’, उनले भने, ‘यीँबाट कति कुरा हुन्छ भने राजनीतिक चरित्र भएको मान्छे त प्रचण्ड नै देखियो नि त आज। नारायणकाजीहरू नै देखियो नि त राजनीतिक चरित्र भएका मान्छे। यस्तो पनि राजनीति हुन्छरु यल्लाई राजनीति भन्छरु गणतन्त्रमा बोल्न नपाउने ? ’

उनले अब कुनै पनि हालतमा आफ्नो अभियान नरोकिने भन्दै हिजोबाट खेल शुरु भएको बताए ।

अब आफ्नो अभियान गल्ली गल्ली र घर घरमा पुग्ने पनि प्रसाईले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ