काठमाडौं, असोज २२ गते । नेकपा ९माओवादी केन्द्र० को संसदीय दलको बैठकले नेपाल फर्कन चाहनेलाई व्यवस्थापन गरी ल्याउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा ज्यान गुमाएकाप्रति सम्मानपूर्वक श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै घाइतेको उपचार लगायत नेपाल फर्कन चाहनेलाई पहलकदमी गर्न सरकारसँग माग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सिंहदरबारमा बैठकपछि सञ्चारकर्मीसँग छलफल गर्नुहुँदै उहाँले भन्नुभयो, “घाइते उपचारलगायत नेपाल फर्कन चाहने, ती शवलाई व्यवस्थित गरेर ल्याउने लगायतका बारेमा सरकारलाई छिटो पहलकदमी गर्न माग गर्ने निर्णय भएको छ ।”
यससँगै बैठकमा विद्यालय शिक्षा ऐन सम्बन्धमा छलफल भएको छ । यस विषयमा गठबन्धन दलसँग कुराकानी गरेर संशोधनको विषय राखिने उहाँले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline