कोशीका मुख्यमन्त्रीको फेरी पद गुम्यो, नयाँ सरकारमा काँग्रेस माओवादीको दावी

कोशीका मुख्यमन्त्रीको फेरी पद गुम्यो, नयाँ सरकारमा काँग्रेस माओवादीको दावी

  • शनिबार, अशोज २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिए लगत्तै नयाँ सरकारको नेतृत्वका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दाबी गर्ने बताएका छन्।

प्रदेशसभा गठन भएको दश महिनाभित्रै सरकार बनाउने सबै संवैधानिक उपाय प्रयोगको अवस्थामा आइपुगेको कोशी प्रदेशमा नयाँ बन्ने सरकारमा दलहरूले दाबी प्रस्तुत गर्न थालेका हुन्।

शनिबार मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेशमा अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन हुनेछ। प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाउने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्ने यो प्रावधानमा गठबन्धनबाटै सरकार बनाउने विपक्षी मोर्चाको तयारी छ।

तर, अहिलेसम्म सरकारको नेतृत्व कसले गर्ने सहमति हुन बाँकी छ। यही मेसोमा गठबन्धनका दुई दलका नेताहरूले आ–आफ्नो दाबी अघि सारेका हुन्।

‘मैले यसअघि दुईपटक मुख्यमन्त्री बन्ने मौका त पाएँ तर काम गर्ने अवसर पाइनँ’, पूर्व मुख्यमन्त्री एवम् कांग्रेस नेता उद्धव थापाले शनिबार प्रदेशसभा परिसरमा पत्रकारहरूसँग भने, ‘त्यसैले मेरो दाबी रहन्छ। तर, गठबन्धनका शीर्ष नेताहरूले यसबारे टुंगो गर्नुहुन्छ।’

गठबन्धनकै अर्को दल माओवादीका नेता इन्द्र आङ्बोले पनि अबको नेतृत्वमा माओवादी दाबी रहने बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ