जनतासँग जोडिन र निरासा हटाउन समाजवादी जागरण अभियान : अध्यक्ष नेपाल

जनतासँग जोडिन र निरासा हटाउन समाजवादी जागरण अभियान : अध्यक्ष नेपाल

  • शुक्रबार, अशोज १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

मनहरी (मकवानपुर), १९ असोजः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतासँग जोडिन र निरासा हटाउन समाजवादी जागरण अभियान सुरु गरिएको बताउनुभएको छ ।

सरकारले नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि काम गर्नुपर्ने भन्दै अध्यक्ष नेपालले गाँउ-गाँउमा कृषि क्रान्तिको अभियान लिएर अघि बढन कार्यकर्तालाई आह्वान गर्नुभयो ।

शुक्रबार हेटौंडामा आयोजित समाजवादी जागरण अभियान अन्तर्गतको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताका समस्या समाधान गर्न सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले ढिला सुस्ती र भ्रष्टाचार अन्त्य गर्न सके मात्रै जनताले न्याय पाउने भनाइ राख्नुभयो । जनताको मनोबल उच्च नभए समाजको विकास नहुने भन्दै उहाँले सरकारले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

जनतामा जानका लागि पार्टीको नाम मात्र नभई महाअभियान जरुरी रहेको उहाँको भनाइ छ । अध्यक्ष नेपालले रोजगारी, समृद्धि र सुशासनको नाराका साथ आम नागरिकमा देशको वर्तमान अवस्था, आगामी दिनमा पार्टीले लिने रणनीति, कार्यदिशा लगायतका विषयमा जानकारी गराउन अभियान सञ्चालन गरिएको स्पष्ट पार्नुभयो । उहाँले जनतासँग स्थापित हुन आफूहरु घर–घरमा आएको बताउनुभयो ।

जनता आवास कार्यक्रम, काठमाडाैँ-निजगढ दु्रतमार्गको योजना तथा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका योजना आफू प्रधानमन्त्री हुँदा ल्याएको भन्दै बताउनुभयो । जागरण अभियानले पार्टी बलियो बन्नेमा विश्वास गर्दै उहाँले कार्यकर्तालाई सबैमा आशा जगाएर अघि बढ्न आग्रह गर्नुभयो ।

सो अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अभियानले पार्टीलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो । जनताका आधारभूत मुद्दाहरु सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले दैनिक विदेश पलायन हुने युवाहरुको लहरलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य विरोध खतिवडा, सचिव रामकुमारी झाँक्री, पार्टी बागमती प्रदेश अध्यक्ष सावित्रा भुषाल, बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहाललगायतका नेताहरुको उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ