प्रधानमन्त्री आज भूकम्प प्रभावित जिल्ला बझाङ प्रस्थान

प्रधानमन्त्री आज भूकम्प प्रभावित जिल्ला बझाङ प्रस्थान

  • शुक्रबार, अशोज १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

१९ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित बझाङ जिल्ला जाँदैछन् । उनी बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट बझाङ प्रस्थान गरेका हुन् ।

उनले भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ ।

प्रधानमन्त्री भूकम्पले अति प्रभावित क्षेत्रहरुको निरीक्षण गर्नेछन् । यस अघि विपद व्यवस्थापन समितिको बैठकमा प्रधानमन्त्रीले भूकम्प प्रभावितलाई राहत, उद्धार सबै कार्यमा तत्काल काम गर्न निर्देशन दिएका थिए ।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्याएको छ । भूकम्पका कारण एक जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ