नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्य अचानक अस्वस्थ भएका छन् ।
पार्टीको तीन महिने अभियानका लागि अछामको साँफेबगर पुगेका उनी बुधबार बिहान एक्कासी अस्वस्थ बनेपछि बयलपाटा अस्पताल पुर्याईएको थियो ।
त्याहाँ उपचार संभव नभएपछि उनलाई नेपालगञ्ज मेडिकल कलेजमा सेनाको हेलिकप्टर मार्फत ल्याईएपनि त्याहाँबाट पनि रिफर गरेर काठमाण्डौँ ल्याउने तयारी भएको माओवादी नेताहरुले बताएका छन् ।
आचार्यको एक्कासी बोली बन्द भएको थियो भने एकपाटो शरीर चलाउन गाह्रो भएको माओवादी नेता खगराज भट्टले जानकारी दिए ।
आचार्यको दाहिन भागमा प्यारालाइसिस भएको आशंका गरिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline