सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपराधलाई प्रोत्साहित गर्ने प्रचार नगर्न अपील

सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपराधलाई प्रोत्साहित गर्ने प्रचार नगर्न अपील

  • बुधबार, अशोज १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं। सामाजिक सञ्जालको मर्यादित प्रयोगका लागि सरकारले आग्रह गरेको छ। सामाजिक सञ्जालको प्रयोगबाट विभिन्न साम्प्रादायिक सद्भभाव विपरीतका घटना बढ्न थालेपछि सरकारले जातजाति तथा सम्प्रदायबिचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरेको हो।

मंगलबारको मन्त्रिपरिषद्ले विशेष प्रस्ताव पारित गर्दै सामाजिक सञ्जालको प्रयोगमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकतालाई ख्याल गर्न अपिल गरेको हो।

विशेष प्रस्तावमा भनिएको छ, ‘सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन कुरा राख्ने, व्यक्तिको प्रतिष्ठा, आत्मसम्मान, गोपनीयता तथा चरित्रमा आघात पुर्‍याउने, जातीय भेदभाव, छुवाछुतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, अपराध दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भंग हुने कार्यलाई बढवा दिने वा प्रचलित कानुनबमोजिम प्रकाशन वा प्रसारण गर्न रोक लगाएका कुरा प्रसारण वा सम्प्रेषण गर्ने वा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने सामग्री प्रकाशन वा प्रसारणजस्ता कार्य नगर्न नगराउन समेत नेपाल सरकार हार्दिक अपिल गर्दछ।’

यस्तै मन्त्रिपरिषदले विशेष अदालत नियमावली स्वीकृत गरेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ