सरकारको सुसासन अभियान बिरुद्ध संगठित शक्ति आक्रामक भएर लागेको छ, सचेत हुनु पर्छ : गृहमन्त्री श्रेष्ठ

सरकारको सुसासन अभियान बिरुद्ध संगठित शक्ति आक्रामक भएर लागेको छ, सचेत हुनु पर्छ : गृहमन्त्री श्रेष्ठ

  • सोमवार, अशोज १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

मकवानपुर — उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सञ्चालन गरेको सुशासन अभियानविरुद्ध संगठित शक्ति आक्रामक ढंगले प्रस्तुत भइरहेको भन्दै सचेत हुन आग्रह गरेका छन् ।

सोमबार निकास साप्ताहिकको २० औं वार्षिकोत्सवको उद्घाटन गर्दै हेटौंडामा गृहमन्त्री श्रेष्ठले तस्कर तथा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दा त्यसका संरक्षणकर्ताद्वारा सरकारमाथि प्रहार भइरहेको बताए ।

‘गृहमन्त्रीको निरन्तरता र भ्रष्टाचारको निरन्तरता तैं चुप मैं चुपको यथास्थिति कायम हुन सक्दैन’, उनले भने ।

सामाजिक आर्थिक रुपान्तरण, विकास र समृद्धिका कार्यभार हामीले लिएका छौं’, उनले भने । गृहमन्त्री श्रेष्ठले करिब ६ दशक लामो संघर्ष गरेर संविधानसभाबाट जारी भएको संविधानको कार्यान्वयन गर्दै सरकार क्रमशः अगाडि बढ्ने बताए ।

उनले सरकारले सुशासन अभियान अन्तर्गत ललिता निवास, मिटरब्याज, भुटानी शरणार्थी, सुन तस्करी, भ्रष्टाचारका विभिन्न घटनाको छानबिन भइरहेको बताए ।
उनले सरकार कुनै पनि हालतमा भ्रष्टाचार बिरोधी अभियानबाट पछि नहट्ने स्पष्ट पारे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ