असोज १२ विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन भएमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।
आज विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले भरसक मध्यावधिमा जान नहुने तर गठबन्धनले त्यता पुर्याए एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे ।
एक प्रसंगमा उनले अहिलेको सरकार देशका लागि दुर्भाग्य भएको भन्दै सरकार टिकाईरहेकोमा काँग्रेको आलोचना गरे ।
काँग्रेस कुन संसारमा छ थाहा छैन , देशको अवस्था विग्रिएकोप्रति काँग्रेसलाई चिन्ता छैन, ओलीले भने ।
उनले अहिलेको सरकार अपराधीहरुको संरक्षक भएको भन्दै एमाले आफै भने सरकारमा जान नचाहेको दावी गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline