काठमाण्डौँ असोज १० । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फुटपाथ व्यापारका लागि महानगरसँग जग्गा नरहेको प्रस्ट पार्दै अभियान्ता ईः लाई आफूले माग पूरा गर्न नसक्ने बताएका छन् ।
फुटपाथ, बाटो तथा ,राइट अफ वेुमा व्यापार गर्नु गैरकानुनी हो। यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरूले भावुक हुन सकिएला तर कानुनले हेर्ने गैरकानुनीभन्दा अलग होइन, सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्।
उनले विहान बेलुका समय छुट्याउन पनि प्राविधिकरूपले नमिल्ने बताएका छन्। समय छुट्याउने बारेमा पनि अवस्था फरक हुने रहेछ। विहान दुई घण्टा र बेलुका दुई घण्टा पनि बालबालिका हिँड्छन्, दृष्टिविहीन हिँड्छन्, गर्भवतीहरू हिँड्छन्, बिरामीहरू हिँड्छन्। सोही समयमा आगलागीको घटना हुँदै नहुने होइन। मानिसहरू बिरामी नपर्ने होइनन्। त्यस्तो आपतकालीन अवस्थामा फुटपाथका पसल र ठेलाहरूले अवरोध गर्छन्। यही कारणले सडक वा पेटीमा राखिने निर्माणका सामग्रीहरू पनि हटाइन्छन्। कसैको निर्माणका लागि वा १००० व्यक्तिहरूको लागि ५० लाख जना हिँड्ने अधिकार हनन् गर्न वा तिनलाई जोखिममा राख्न मिल्दैन, उनले भनेका छन्।
गत वर्ष दिनमा काठमाडौं महानगरको कल सेन्टरमा आएका २० प्रतिशतभन्दा ज्यादा गुनासोहरू फुटपाथ व्यापार व्यवसाय हटाउने सम्बन्धित रहेको बालेनले उल्लेख गरेका छन्।
उनले कानुनको पालना गर्दा अवरोध नगर्न पनि ईः लाई लेखेका छन् ।
Balen – प्रीय ई, हामीलाई थाहा छ, तपाई कोहीबाट परिचालित अथवा कुनै… | Facebook