प्रधानमन्त्री प्रचण्ड र चीनीया प्रधानमन्त्री ली बीच आज औपचारीक वार्ता हुँदै

प्रधानमन्त्री प्रचण्ड र चीनीया प्रधानमन्त्री ली बीच आज औपचारीक वार्ता हुँदै

  • सोमवार, अशोज ८, २०८०
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

काठमाडौँ असोज ८ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज बेइजिङमा द्विपक्षीय वार्ता हुँदै छ ।

वार्तामा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयन सम्बन्धी सम्झौता, नेपाल–चीन सीमापार विद्युत् व्यापार तथा बीआरआईअन्तर्गत चिनियाँ अनुदानमा एक वा दुई परियोजना निर्माणका विषयमा प्रस्ताव गर्ने बताईएको छ ।

साथै झापाको औद्योगिक पार्क निर्माणका विषयमा पनि चिनियाँ पक्षसँग वार्ताको एजेन्डा छ । प्रधानमन्त्री प्रचण्डले आइतबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेट महत्वपूर्ण रहेको बताएका थिए । हाङचउ सहरमा शनिबार चिनियाँ राष्ट्रपति सीसँगको बैठकपछि प्रधानमन्त्री दाहाल आइतबार बेइजिङ पुगेका हुन् ।

‘चीनका सर्वोच्च नेता सीसँग जसरी हार्दिकतापूर्वक कुराकानी भयो, त्यसले सिंगो प्रतिनिधिमण्डललाई उत्साहित तुल्याएको छ,’ दाहालले भने, ‘कनेक्टिभिटीको क्षेत्रलाई नयाँ मार्गप्रशस्त गर्ने, भौतिक पूर्वाधार, कृषि, उद्योग र शिक्षा सबैलाई नयाँ गति दिएर हामीबीचको आपसी सम्बन्ध मजबुत गराउने विश्वास लिएका छौं ।’ सहमतिका विषयवस्तुलाई अन्तिम रूप दिन नेपाल र चीनका अधिकारीले धेरै मिहिनेत गरेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डको भ्रमणअघि भौतिक पूर्वाधार, ऊर्जा, सञ्चार, कृषि, उद्योग, शिक्षा र पर्यटन मन्त्रालयले विभिन्न विषयमा प्रस्ताव तयार पारेका थिए । जसमा खाँदबारी किमाथांका सडक निर्माण, धुलिखेल–तातोपानी सडक स्तरोन्नति, खुटिया–दिपायल–चैनपुर–ताक्लाकोट सडक निर्माण, सिमकोट–हिल्सा सडक स्तरोन्नति र टोखा–छहरे सुरुङमार्ग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) थियो । ऊर्जा मन्त्रालयले रसुवागढी–जिलोङ र किमाथांका–चीन प्रसारणलाइन र काठमाडौं उपत्यका विद्युत् सुधारमा सहायताको प्रस्ताव गरेको थियो । उद्योग मन्त्रालयले भने मुस्ताङको कोरला, हुम्लाको यारी र संखुवासभाको किमाथांकामा एकीकृत जाँच चौकी, नेपाल–चीन पारवहन सम्झौता कार्यान्वयन, गोरखा, दार्चुला र बझाङमा थप नाका खोल्नेसहितका विषय अघि सारेको थियो ।

नेपाल र चिनियाँ प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ताअघि आज प्रधानमन्त्री प्रचण्डलाई तियानमेन स्क्वायरमा औपचारिक स्वागत गर्ने कार्यक्रम छ । चिनियाँ प्रधानमन्त्री लीले वार्तापछि प्रधानमन्त्रीको सम्मानमा दिवा भोज आयोजना गर्दै छन् । प्रधानमन्त्री प्रचण्डले आजै बेइजिङस्थित नेसनल पिपल्स कंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ । बेइजिङमा प्रधानमन्त्रीले बेइजिङ रिसर्च इन्स्टिच्युट भ्रमण पनि गर्दै छन् ।

प्रधानमन्त्री बुधबार बेइजिङबाट छोङछिङ जानेछन्। त्यसपछि तिव्वतको भ्रमण गरेर प्रधानमन्त्री असोज १४ गते स्वदेश फर्कनेछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ