प्रधानमन्त्रीको औपचारीक चीन भ्रमण शुरु हुँदै, आजै दुई पटक राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्दै

प्रधानमन्त्रीको औपचारीक चीन भ्रमण शुरु हुँदै, आजै दुई पटक राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्दै

  • शनिबार, अशोज ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

असोज ६ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्ड कार्यकारी प्रमुखको हैसियतमा तेस्रो पटक आजबाट चीनको भ्रमणमा पुग्दैछन् ।

सँयुक्त राष्ट्रसंघीय महासभामा संवोधन गरेपछि प्रचण्ड न्यूयोर्कबाट आज बिहान हङकङ पुगेका छन् । त्याहाँबाट प्रचण्ड सोझै हाङझाओमा पुग्नेछन् ।

जहाँ प्रधानमन्त्री प्रचण्डलाई चीनले गार्ड अफ् अनर प्रदान गर्दै भव्य स्वागत गर्नेछ । त्यसपछि प्रधानमन्त्री प्रचण्डले चीनीया राष्ट्रपतिसँग दिवाभोज सहित भेटवार्ता गर्नेछन् ।

त्यसपछि आजै साँझ दोस्रो पटक राष्ट्रपति सि सँग औपचारीक भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस छलफलमा नेपाल र चीनबीचको सम्बन्ध , द्धिपक्षीय हित र के के मुख्य सम्झौता हुने हो त्यस विषयमा गंभीर छलफल हुनेछ । चीनले गार्ड अफ् अनर सहित भव्य स्वागत गर्नुले प्रचण्डलाई निकै महत्व दिएको बु्झ्न सकिन्छ ।

आज उद्घाटन हुने एशियाली खेलकुदको उद्घाटनमा पनि प्रधानमन्त्री प्रचण्ड, कम्बोडियाका राजा , सिरियाका राष्ट्रपति सहित विदेशी राष्ट्र प्रमुख अतिथिका रुपमा उपस्थित हुँदैछन् । प्रचण्डले विश्वप्रसिद्ध कम्पनी अलिबाबा ग्रुपको मुख्यालय पुगेर अवलोकन गर्नेछन् । ७ असोजमा प्रचण्ड हाङ्जाओबाट बेईजिङ पुग्नेछन्। चीनको राजधानीमा बेइजिङमा पनि मन्त्रीले स्वागत गर्ने कार्यक्रम छ।

त्यो दिन बेइजिङमा प्रधानमन्त्री प्रचण्डले नेपाली र चिनियाँ व्यवसायीहरूले संयुक्त रुपमा आयोजना गर्ने ‘चाइना–नेपाल ट्रेड एन्ड इन्भेस्टमेन्ट फोरम’ लाई सम्बोधन गर्नेछन् । बेइजिङमा ८ आसोजमा प्रचण्ड तिआनमेन स्क्वायरमा पुग्नेछन्, जहाँ प्रचण्डले माओ मेमोरियल हलमा फूल चढाउने कार्यक्रम छ।

लगत्तै ९ बजेर ४५ मिनेटबाट आधा घण्टा प्रधानमन्त्री प्रचण्ड र चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष चाओ लेजीबीच भेटवार्ता हुनेछ। चाओ चिनियाँ कम्युनिस्ट पार्टीको सात सदस्यीय स्थायी समितिमा राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली चिङपछि तेस्रो नम्बरका नेता हुन्।

त्यसपछि तिआनमेन स्क्वायरमा प्रधानमन्त्री प्रचण्डलाई गार्ड अफ अनरसहित स्वागत कार्यक्रम राखिएको छ। त्यसपछि सोही ठाउँमा रहेको ग्रेट हल अफ द पिपलमा चीनका प्रधानमन्त्री ली चिङसँग प्रधानमन्त्री प्रचण्डको दुई पक्षीय वार्ता तय गरिएको छ। वार्तापछि दुई प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र चीनबीच सम्झौता पत्रमा हस्ताक्षर हुनेछ।

लगत्तै चीनका प्रधानमन्त्री लीले प्रधानमन्त्री प्रचण्डको सम्मानमा दिवा भोजको आयोजना गरेका छन्। सोही दिन २ बजे ह्वावे बेइजिङ अनुसन्धान केन्द्र अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। चीन भ्रमणको चौथो दिन ९ असोजमा प्रचण्ड राजधानी बेइजिङबाट पश्चिमको चीनको सहर चङकिङ जाने कार्यक्रम छ ।

१० असोजमा चङकिङबाट तिब्बतको ल्हासा पुगेर प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका सिन्जियाङ स्वायत्त क्षेत्रीय कमिटीका सचिव वाङ जुनझेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रचण्ड तिव्वतबाट स्वदेश फर्कनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ