माघ १७ , काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पशुपति क्षेत्रमा बसेर गैर आध्याात्मिक र अराजकता गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
मंगलवार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीहरुलाई सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिदै पशुपति जस्तो पवित्र स्थानमा बसेर अपवित्र काम गर्नेलाई दण्डित गर्ने चेतावनी दिए।
उनले पशुपति जस्तो पवित्र स्थान पाएर पनि नेपालले राम्रोसँग प्रयोग गर्न नसकेको भन्दै विकास कोषको ज्ञान,क्षमता र संस्कृतिमाथि गम्भिर प्रश्न उठेको बताए।
उनले पशुपति क्षेत्र असाध्यै फोहोर रहेकाले सबैभन्दा पहिलो प्राथमिकता दिएर पशुपति सफा गर्न आग्रह गरे। किरातीले पशुपति परिसरमा रहेका शौचालय एकदमै फोहोर भएको भन्दै शौचालयको सरसफाईमा विशेष ध्यान दिन आग्रह गरे।
उनले पशुपति क्षेत्र विकास कोषले पशुपति विकासका लागि गर्ने कामको तत्कालीन,अल्पकालीन र दीर्घकालीन क्यालेण्डर बनाउन आग्रह गरे। मन्त्रालयले क्यालेण्डर अनुसार काम भए/नभएको आवश्यकता अनुसार अनुगमन गर्ने पनि बताए।
उनले पशुपति क्षेत्र विकास कोषले कल्याणकारी कामहरु गर्नसक्ने भन्दै कोषले विश्वविद्यालय,अस्पताल र विद्यालयहरु सञ्चालन गर्नु सामान्य काम भएको बताए। मन्त्रि किरातीले विश्वले चिनेको यो पवित्र क्षेत्रमा अपवित्र काम भएको भन्दै तुरुन्त सच्चिन पनि निर्देशन दिए । मन्त्री किरातीले भने “यति ठूलो पवित्र तिर्थस्थलमा किन अपवित्र र फोहोरी काम भैरहेको छ ? यहाँ एक लाख हैन लाखौ लाखको डिल कसरी भैरहेको छ ? यसको प्रमाण सहित पत्रकार सम्मेलन गर्न न परोस, विगत जे भयो म हात जोडेर आज पशुपतीनाथसंग माफी माग्छु अव त्यस्तो नहोस,” लासमाथी पनि भ्रष्टचार हुन्छ, के यहाँको मान्छेसंग संवेदना हराएको हो त अव ? भन्ने प्रश्न गर्दै पशुपती क्षेत्र विकास कोषका पदाधिकारीसंग चर्कोरुपमा उत्रीएका थिए ।
किरातीले फुल बेच्नेहरुसंग समेत असुली गरेर सचिव र मन्त्रीलाई दिनु पर्छ भन्ने हल्ला सुनेको भन्दै प्रश्न गरे, ‘यो के हो ? यति सारो नाङ्गै किन ? यस्ता लाज घिन पचाएर आइन्दा निन्याउरो अनुहार न हिन्नु होला कमजोरी गरेपछि मान्छे ठाडो शिर लाएर हिड्न सक्दैन । अव ठाडो शिर लाएर हिड्ने हुनुहोला । अव मलाई प्रत्येक महिनाको प्रगति विवरण सहितको काम चाहिन्छ यो पशुपती क्षेत्रलाई अव यसरी फोहोर राख्न पाइदैन । यो पवित्र पशुपतिलाई सुन्दर र सफा राख्नुपरो । कसैले काम गरेन भने उसलाई जागीर खुवाउनुपर्छ भन्ने छैन । मलाई अब काम सँगको संबन्ध हुन्छ काम गर्ने मान्छे सधै मेरो प्यारो हुन्छ ।’
‘पशुपति जस्तो पवित्र स्थान पाएर पनि हामीले राम्रोसँग प्रयोग गर्न सकेका छैनौँ। हाम्रो ज्ञान,क्षमता र संस्कृतिमाथि गम्भीर प्रश्न बनेको छ। पशुपति क्षेत्र विकास कोषले कल्याणकारी काम पनि गर्नसक्छ। पशुपति क्षेत्र विकास कोषले विश्वविद्यालय चलाउनुपर्ने हो’, उनले भने।