नारायणमान बिजुक्छेँ निवास पुगेर राष्ट्रपति भण्डारीले भनिन्- ‘आज मलाई माइती आएजस्तै लागेको छ’

नारायणमान बिजुक्छेँ निवास पुगेर राष्ट्रपति भण्डारीले भनिन्- ‘आज मलाई माइती आएजस्तै लागेको छ’

  • शनिबार, माघ ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

भक्तपुर, ७ माघ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

भक्तपुरको कमलविनायकस्थित बिजुक्छेँ निवास पुग्नुभएकी राष्ट्रपति भण्डारीले खुसी व्यक्त गर्दै भनिन्, “मलाई आज माइती आएजस्तै लागेको छ, म धेरै खुसी भएको छु ।” उनले क्यान्सर रोगका कारण निधन हुनुभएकी बिजुक्छेँ पत्नी शोभा बिजुक्छेँको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरिन् ।

भेटमा बिजुक्छेँले मानिसको जीवनलाई चाहिने अत्यावश्यक औषधि अभावमा मृत्यु हुन नपरोस् भन्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने बताए । उनले भने, “औषधिजस्तो अतिसंवेदनशील वस्तुको व्यवस्था राज्यले गर्नुपर्छ, औषधि अभाव भएर मृत्यु हुने अवस्था देशमा अन्त्य हुनुपर्छ, सरकारले अत्यावश्यक औषधि देशमै उत्पादन गर्नुप¥यो, देशलाई चाहिने औषधि उत्पादन गर्न सक्ने र अत्यावश्यक औषधिको व्यवस्था गर्न सक्ने गरी औषधि व्यवस्था विभागले काम गर्नुप¥यो ।”

विदेशमा सहजरूपमा पाइने क्यान्सरको औषधि नेपालमा ल्याउनसमेत नसक्दा औषधि अभावमै बिजुक्छेँ पत्नी शोभाको उपचारमा समस्या आएर ज्यान गएको स्मरण गरे । बिजुक्छेँले मानिसका लागि औषधि र कृषिका लागि रासायनिक मल उत्पादन आफ्नै देशले गर्नुपर्ने बताउँदै मल उत्पादन नहुँदा कृषिमा देश पछाडि परेको बताए । उनले भक्तपुरको शिक्षा, कृषि, स्वास्थ्यको अवस्था र ऐतिहासिक सम्पदाको संरक्षणको अवस्थाकाबारेमा राष्ट्रपतिलाई जानकारी गराए ।

भेटमा राष्ट्रपति भण्डारीले स्वास्थ्य र शिक्षाका विषयमा आफूले पनि सरोकार र चासो राखिरहेको बताउँदै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणको क्षेत्रमा भक्तपुरले गरेको काम देखेर खुसी लागेको बताए ।

पौने एक घण्टा बिजुक्छेँ निवासमा भएको शिष्टाचार भेटमा शिक्षा, स्वास्थ्य, कृषि र सम्पदा संरक्षणकाबारेमा कुराकानी भएको भेटमा सहभागी नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी