माघ ७ काठमाण्डौँ । इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन्।
शनिबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार इन्दिरा राना मगरलाई उपसभामुखमा निर्वाचित गरेको हो।
उनले १६६ मत प्राप्त गरेकी हुन् । २६४ जना सांसद उपस्थित थिए। जसमध्ये ९७ जना सांसदले उनको विपक्षमा मत दिएका थिए ।
उनको विपक्षमा नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार थिइन्।
यस अघि सभामुख एमालेका देवराज घिमिरे निर्वाचित भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline