उपसभामुख निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै, भोली मतदान

उपसभामुख निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै, भोली मतदान

  • शुक्रबार, माघ ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । संघीय संसद सचिवालयका अनुसार शुक्रबार उपसभामुखका लागि उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ ।

मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको नामावली शुक्रबार नै प्रकाशन गरिनेछ । शनिबार बस्ने प्रतिनिधि सभा बैठकमा उपसभामुख चयनको लागि मतदान हुनेछ ।

सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । गठबन्धनले काठमाडौं २ बाट निर्वाचित सांसद सोविता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।

प्रतिनिधि सभाले बिहीबार सभामुख पाएपछि आजदेखि उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।

प्रतिनिधि सभामा बिहीबार भएको निर्वाचनमा एमाले सांसद देवराज घिमिरेले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ