पदका लागि मात्र राष्ट्रिय सहमतिको कुरा उठ्छ, देश संकटमा पर्दा सबै राजनीतिक दल मौन बस्छन्ः सांसद राउत

पदका लागि मात्र राष्ट्रिय सहमतिको कुरा उठ्छ, देश संकटमा पर्दा सबै राजनीतिक दल मौन बस्छन्ः सांसद राउत

  • बिहिबार, माघ ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

माघ ५, काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतले मधेसी पार्टीलाई धकेलेर राष्ट्रिय सहमति खोज्ने काम भएको भन्दै असन्तुष्टि पोखेका छन् । नेपालमा केवल पदका लागि मात्र राष्ट्रिय सहमतिका कुरा उठाइने गरेको भन्दै राउतले बिहीबार प्रतिनिधिसभा बैठकमा केवल पदका लागि मात्र राष्ट्रिय सहमतिको कुरा उठ्ने गरेको बताए । देश संकटमा पर्दा भने सबै राजनीतिक दल मौन बस्ने गरेको उनको भनाई छ ।

राउतले राष्ट्रिय सहमति केका लागि भन्दै दलहरूलाई प्रश्न गर्दै भने, ‘राष्ट्रिय सहमति केका लागि हो ? खालि पदका लागि राष्ट्रपति, प्रधानमन्त्री र सभामुख निर्वाचनका लागि राष्ट्रिय सहमति हो कि देश संकटमा पर्दा पनि हो ? देश संकटमा पर्दा राष्ट्रिय सहमति खोइ त ?’

तराईमा शीतलहरको प्रभाव र देशको अर्थतन्त्र संकटमा परिररहेको भन्दै उनले देशको अर्थतन्त्र संकटमा पर्दा राष्ट्रिय सहमति हुन्छ कि हुन्न ? भन्दै प्रश्न गरे । उनले यो सरकार र संसद्ले नश्लवादी चिन्तन देखाइरहेको पनि बताए ।

मधेसी दलहरूलाई पाखा लगाउन खोजिएको उल्लेख गर्दै उनले भने, ‘कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी पार्टीलाई धकेलेर खोज्नुभएको हो । हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरु एउटा अनुहार, जातिको मुखौटोभन्दा माथि उठ्न सक्नुहुन्छ कि हुँदैन ? त्यो ठूलो कुरा हो ।’

मधेस आन्दोलनका सहिदहरूलाई अझै पनि सरकारले सम्मान नदिएको उनको आरोप थियो । सरकार आफैले सहिद घोषणा गरे पनि मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्मानमा भने ध्यान नदिएको उनले बताए ।

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका सहिदहरूलाई सम्मान गर्न संसद्मा १ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए । उनको आग्रहपछि गृहमन्त्री रवि लामिछानेसहित अधिकांश दलका सांसदहरूले उठेर मौनधारण गरेका थिए ।

राउतले जनमत पार्टी अहिले पनि सरकारमै रहेकाले सभामुखमा एमाले उम्मेदवार देवराज घिमिरेलाई मत दिने बताए । यसअघि जनमतले आफूलाई दिने भनिएको उद्योग मन्त्रालय नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो । जनमतबाट मन्त्री बनेका अब्दुल खानले पदभार ग्रहण गरेका छैनन् । उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ