सभामुखमा कांग्रेसका उम्मेदवारलाई भोट माग्दै ज्वालाले भने, ‘माओवादी केन्द्रले गुन तिर्ला कि भन्ने छ’

सभामुखमा कांग्रेसका उम्मेदवारलाई भोट माग्दै ज्वालाले भने, ‘माओवादी केन्द्रले गुन तिर्ला कि भन्ने छ’

  • बिहिबार, माघ ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौं, ५ माघ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले नेपाली कांग्रेसका सांसद् इश्वरी देवी न्यौपानेलाई सभामुखमा मत दिन आग्रह गरेका छन् ।

उनले महिला भएका कारण पनि सभामुखमा इश्वरीदेवी न्यौपानेलाई विजयी बनाउनुपर्ने बताए । ज्वालाले भने, ‘न्यौपाने जी योग्य र सक्षम हुनुहुन्छ। अनुभवी पनि हुनुहुन्छ। संविधान सभामा कृयाशील रहेर बस्नुभयो। त्यो कुर्सीमा बस्ने व्यक्ति सदन बुझेको पनि हुनुपर्छ। ’

उनले आग्रह पुर्वाग्रहबाट मुक्त हुने हो भने प्रधानमन्त्रीको पार्टीले गुन तिर्ला भन्ने आशा रहेको बताए। सदनलाई गरिमामय बनाउन पनि न्यौपानेलाई जिताउनुपर्ने उनको भनाइ छ।

५१ प्रतिशत जनमतको प्रतिनिधित्व गर्ने महिला नेतृलाई जिताउन आवश्यक रहेको ज्वालाको भनाइ छ। सभामुख रेफ्री मात्रै नभइ सदनको नेता पनि रहेको उनले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ